हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

अग्रज पत्रकार चिन्तामणि दाहालको अध्यक्षतामा साहित्य कला सङ्गीत प्रतिष्ठान गठन

भद्रपुर । भद्रपुरमा साहित्य, कला र सङ्गीत प्रतिष्ठान गठन गरिएको छ । भद्रपुर नगरपालिकामा शुक्रबार बसेको बैठकले मेची बहुमुखी क्याम्पसका पूर्व प्रमुख तथा अग्रज पत्रकार चिन्तामणि दाहालको अध्यक्षतामा साहित्य कला सङ्गीत प्रतिष्ठान गठन गरिएको हो ।

Advertisement

प्रतिष्ठानको उपाध्यक्षहरूमा खगेन्द्रा खुशी, फणीन्द्र पोखरेल, पवित्रा ओली, सचिवहरूमा डिल्ली रमण नेपाल, मोहन राजवंशी, कृति राई, कोषाध्यक्षमा लता खरेल र सहसचिवहरूमा विकास पाण्डे, कृष्ण अनमोल र कुमार अनुरागी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सञ्जय प्रधान, सहदेव राजवंशी, अनुप राय, लक्ष्मी मिश्र, महेन्द्र कोइराला र सञ्जय आईच चयन भएका छन् ।

Advertisement

भद्रपुर नगर प्रमुख गणेश पोखरेलको अध्यक्षता बसेको बैठकमा उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)