कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कबिता :“जीवनका साँसहरु”

रुग्ण ती जीवनका सांँसहरु
भरोसामा त्वरित छन् जहाँ,
विलीन हुनेछन् शब्दहरु अनी
स्मृतिहरु मात्रै रहने छन् यहाँ,
तस्वीर रहनेछ आँखा भरी नै
अनी कुराहरु सबै बग्नेछन्,
दम्भ ताजको सारा अवशिष्ट
विच्छिन्न हुनेछ क्षण भरी मैं,
कारुणिक परिदृश्य हेर्ने छन्
आफन्त रुन्छन् जब वरिपरि,
मर्मज्ञविहिन शब्दांशहरू ले
हृदय भेद गर्दछन् घरीघरी,
मनको स्तब्धता लाई हटाऊ
एकांकी बोल न है क्यै तिमी!
अर्थपूर्ण तिम्रो निशब्द मुहार
अनेक प्रश्नको किताब बन्दछ,
मनमा खेल्छन् उत्तरको तरंग
तथापि संदेहको धारा बग्दछ,
अनायास कलुषित उत्कण्ठाहरु
विसर्जन गर्देउ अब देखी पनि,
नैराश्य नै हारको पराकाष्ठा हो
अविस्मरणीय हुन्छ कृति अनी,
जब स्नेह,करुणा अन्तरमा छ
अरुमा खोज्दै हिँडनु छ कहाँ?
रुग्ण ती जीवनका सांँसहरु
भरोसामा त्वरित छन् जहाँ,
विलीन हुनेछन् शब्दहरु अनी
स्मृतिहरु मात्रै रहने छन् यहाँ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)