खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

इन्जिनियरहरुसँग झापा गोल्ड कपको छलफल

बिर्तामोड, माघ २१ । झापाको बिर्तामोडमा रहेको झापा गोल्डकपले झापाका इन्जिनियरहरुसँग छलफल गरेको छ । आसन्न छैटौँ संस्करणको झापा गोल्डकपको तयारी तथा हालसम्मको प्रगतिका बारेमा आज बिर्तामोडस्थित गोल्डकपको सचिवालयमा बृहत छलफल भएको हो ।

Advertisement

गोल्डकपको दिगोपना, सबैको सहभागिता तथा अपनत्व, अक्षयकोष लगायतका विषयमा छलफल गरिएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । झापा गोल्ड कप यही फागुन १९ गतेदेखि २८ गतेसम्म डोमालाल राजवंशी रंगशालामा हुँदैछ ।

Advertisement

अन्तरक्रिया कार्यक्रममा नेपाल इन्जिनियर एसोसिएसन झापा च्याप्टरका अध्यक्ष इन्द्रमणि घिमिरे, बिर्तामोडका प्रभाष थापा मगर, अजित ढुंगान, साग्रिला लामा, भिजन भण्डारी, विशाल जवेगू, विवेक जवेगू, लक्ष्मी आले मगर लगायतले गोल्ड कप राम्रो र हाम्रो कसरी बनाउन सकिन्छ भनेर लागिपर्न सुझाव दिए ।

गोल्ड कपलाई स्थायित्व बनाउँदै परिस्कृत गर्न झापाका इन्जिनियरहरुले आयोजक समितिलाई आग्रह गरेका थिए । छलफलमा झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले गोल्ड कप झापाको गौरव भएकाले सबैको हातेमालो जरुरी रहेको उल्लेख गरे । उनले सहभागीहरुलाई संस्थाको सदस्य बन्न अनुरोध गरेका थिए ।

अन्तरक्रियामा गोल्ड कपका कार्यसमिति सदस्य यादव पोखरेलले सहभागीहरुलाई स्वागत गरेका थिए भने सदस्य अर्जुन चुडाल र सचिवालय सदस्य केशव भट्टराईले सहजीकरण गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article