खेलकुद
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दिबारीको नवकिरण स्र्पोटिङ क्लब फाइनलमा

हल्दिबारी गाउँपालिकाको नवकिरण स्र्पोटिङ क्लब, झापा नवमीडाँडा पाँचथरमा जारी अन्तर जिल्ला आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

Advertisement

आइतबार भएको दोस्रो सेमिफाइनलमा नवकिरणले युथ फ्रेण्डस सर्कल, मोरङलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि नजिक पुगेको हल्दिवारी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष सन्तकुमार थापाले जानकारी दिए ।

Advertisement

नवकिरणका लागि संजय धिमाल र प्रदिप बुढाथोकीले गोल गरेका थिए । नवकिरणले बैशाख ४ गते हुने फाइनलमा केएफसी, झापासँग उपाधिका लागि भिड्ने जनाइएको छ ।

तिजोक युवा क्लब, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article