हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनालाई

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ।  मिआमीमा आज बिहान भएको खेलमा कोलम्बियालाई १-० गोलले हराउँदै अर्जेन्टिनाले लगातार दोस्रो उपाधि हात पारेको हो।

Advertisement

अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेजले १ सय १२ मिनेटमा गरेको गोल नै पर्याप्त बन्यो।  निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो।

Advertisement

कोपामा पहिलो पटक थप ३० मिनेट थपिएको थियो। यस अघिका खेलमा यो नियम हटाइएको थियो। जितसँगै अर्जेन्टिनाले १६औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ।  कोलम्बिया २३ वर्षपछि फाइनलमा पुगे पनि उपाधि जित्न असफल भयो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)