काठमाडौं । पछिल्लो समय व्यस्त जीवन कै कारण आफ्नै लागि पनि समय निकाल्न गाह्रो हुन्छ । त्यसमाथि चिसो मौसममा अनुहारमा निस्कने विभिन्न खालका समस्याले झन् तनाव हुन्छ ।
अनुहारको छालामा उमेरको कारण पनि विभिन्न समस्या देखापर्न सक्छ ।

यस्ता कुरामा ध्यान दिनुहोस्

१. नुहाउनका लागि कहिल्यै पनि धेरै तातो पानीको प्रयोग गर्नु हुँदैन । यसले छालालाई सुक्खा तथा खस्रो बनाउँछ । जसले गर्दा उमेरको असर पनि छालामा तीव्र तरिकाले देखिन्छ ।

२. चिसो मौसममा रुम हिटर तथा ड्रायरको प्रयोग धेरैले गर्छन् । यसको अधिक प्रयोग गर्नु हुँदैन । यसले पनि छालालाई सुक्खा बनाउँछ ।

३्. चिसो मौसममा मस्चराइजरको महत्व अझ बढी हुन्छ । छालाको मस्चराइज सही तरिकाले गर्नाले छालालाई नरम बनाइराख्न सहयोग पु¥याउँछ ।

४. यो मौसममा घरबाहिर निस्किदा शरीरलाईल पूरै ढाक्ने न्यानो बनाउनुपर्छ । यसले शरीरलाई न्यानो बनाउनुका साथै चिसो हावालाई शरीरमा छिर्नबाट जोगाउँछ । चिसो हावाले छालालाई फुस्रो बनाउँछ ।

५. आफ्नो खानपिनमा पनि पूरै ध्यान राख्नुपर्छ । पर्याप्त पानी पिउनुका साथै खानामा पनि ओमेगा, फ्याट तथा भिटामिन सी युक्त परिकार सेवन गर्नुपर्छ । यस्तो परिकारले छालालाई नरम, सुन्दर तथा आकर्षक देखाउन मद्दत गर्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार