जनक राजवंशी । हल्दिबारी, १५ असोज । देउनिया क्रिकेट टिमकाे आयोजनामा हल्दिबारी गाउँपालिका वडा नंं. २ मा रहेको भेलागडी सहिद स्मृति लोकतान्त्रिक पार्क संगै रहेको खेल मैदानमा खुल्ला सुपर १५ क्रिकेट प्रतियोगिता सुरु भएको हो । कोशी प्रदेश क्रिकेट संघका प्रमुख चयनकर्ता सुरेश गुरागाईंको प्रमुख आतिथित्यता उत्घाटन भएको खेलमा डि.सि.टि. रेड र एप्सुलुट युनाइटेड र आजै भएको दोस्रो खेलमा मेची सुपर किङ्गस र पशुपती क्रिकेट क्लव बिच सम्पन्न भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा डि.सि.टि. रेड र एप्सुलुट युनाइटेट भिडेका थिए । उक्त खेलमा डि.सि.टि. रेड ९३ रनले बिजयी भएको छ । टस जितेर पहिलो ब्याटिङ्ग रोजेको डि.सि.टि. रेडले निर्धारित १५ ओभरमा उज्वल काफ्लेको ८३ र युनिस ढुङ्गेलको ६७ रनको मदतमा २०४ रनको योगफल तयार गरेको थियो । लक्ष पन्छाएको एप्सुलुट युनाइटेड ११० रनमा सिमिति रह्यो । ८३ रन र ३ विकेट लिन सफल भएका उज्वल काफ्ले खेलका मेन अफ द म्याच चुनिएका छन् ।

त्यस्तै गरि आजै भएको दोस्रो खेलमा मेची सुपर किङ्गसले टस हारेर पहिलो ब्याटिङ्ग गर्दै निर्धारित १५ ओभरमा दिप्सन विष्टको ७१ र सन्देश दुलालको ६३ रनको मदतमा २०५ रनको योगफल खडा गरेको थियो । लक्ष पन्छाएको पशुपती क्रिकेट क्लवले ११ ओभरमा सवै विकेट गुमाउदै ८० रन मात्र बनाउन सक्यो । यस गेममा मेची सुपरकिङ्गस १२४ रनले विजय भएकाे छ । खेलको मेन अफ द म्याच २२ रन र ४ विकेट लिएका शेखर खड्का चुनिएका छन् ।

उक्त खेलमा विजेता हुने टिमले नगद रु.५०,०००।– धनराशी साथै मेडल ट्रफी पाउने छन् भने उप विजेता टिमले रु.३०,०००।– मेडल ट्रफी पाउने छन् ।

त्यस्तै गरि भोलि हुने पहिलो खेलमा ढडुवा क्रिकेट क्लव र मेचिनगर क्रिकेट टिम भिड्ने छन् भने दोस्रो खेलमा बनियानी क्रिकेट टिम र भागडुव्वा बिच हुने छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
7
+1
4
+1
0
+1
1
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार