जनक राजवंशी/हल्दिबारी, १६ असाेज । देउनिया क्रिकेट टिमद्वारा आयोजित खुल्ला सुपर १५ क्रिकेट प्रतियोगिता हल्दिबारी गाउँपालिका वडा नं. २ मा रहेको भेलागडी सहिद स्मृति लोकतान्त्रिक पार्क संगै रहेको खेल मैदानमा चलि रहेको छ ।

आज भएकाे दोस्रो दिनको पहिलो खेल ढडुवा र मेचि नगर क्रिकेट टिम बिच भएको थियो । टस जितेर पहिलो ब्याटिङ गरेको ढडुवा क्रिकेट टिमले १३.४ ओभरमा सौरभ काे ४५ र नुमेनको २२ रनको मदतमा १०७ रनको योगफल खडा गरेको थियो । मेचिनगरका अभिषेकले ३ विकेट लिन सफल भएको थिए । जवाफि ब्याटिङ्गमा मेचि नगरले निसार १८ र सुरजको १६ रनको मदतमा ८५ रन मात्र बनाउन सक्यो र ढडुवा २२ रनले विजय भएको छ । बलिङ्ग तर्फ लाराले ४ विकेट र सौरभले २ विकेट लिएका छन् । उत्कृष्ट ब्याटिङ्ग र बलिङ्ग गरेका सौरभ खेलका मेन अफ द म्याच घोसित भए ।

त्यसैगरी आजै भएको दोस्रो खेल भागडुव्वा र बनियानी क्रिकेट टिम बिच भएको थियो । टस हारेर ब्याटिङ्गको तिम्तो पाएको भागडुव्वाले पहिलो ब्याटिङ गर्दै निर्धारित ओभरमा सुमन राजवंशीकाे ३६ र विकास राजवंशीको ३० रनको मदतमा ९९ रनको योगफल बनाएको थियो । जवाफि ब्याटिङ्गमा उत्त्रीएको बनियानीले ८४ रन मात्र बनाउन सफल भयो । भागडुव्वाले १५ रनले खेल जिति अर्को चरणमा प्रवेश गरेको थियो । बलिङ्ग तर्फ २ विकेट लिएका सुमन र ब्यटिङ्गमा ३६ रनको योगदान गरेका सुमन राजवंशी म्यान अफ दि म्याच चुनिएका छन् ।

उक्त खुल्ला सुपर १५ क्रिकेट प्रतियोगितामा विजेता हुने टिमले नगद रु.५०,०००।– धनराशी साथै मेडल ट्रफी पाउने छन् भने उप विजेता टिमले रु.३०,०००।– मेडल ट्रफी पाउने छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार