जनक राजवंशी । हल्दिबारी, १९ असोज । देउनिया क्रिकेट टिमद्वारा आयोजित खुल्ला सुपर १५ क्रिकेट प्रतियोगिता आज पाँचै दिनको खेल डि.सि.टि. रेड र मेचि सुपर किङ्गस क्रिकेट टिम बिच भएको थियो । टस जितर पहिलो ब्याटिङ गरेको डि.सि.टि. रेडले १४.१ ओभरमा सवै विकेट गुमाउदै करन प्रधानको ३१ रन, उज्वल काफ्लेको २९ र विज्ञान बस्नेतको २६ रनको मदतमा १३८ रनको योगफल खडा गरेको थियो । मेचि सुपर किङ्गसका उदेश्य र सागर गौतमले समान २ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको मेचि सुपर किङ्गसले ११.१ ओभरमा सवै विकेट गुमाउदै ४० रन मात्र बनाउन सकेको थियो । खेलको म्यान अफ दि म्याच आफ्नो ब्याटबाट २९ रन र बलबाट २ विकेट लिएका डिसिटि रेडका कप्तान उज्वल काफ्ले भएका थिए ।

त्यसैगरी भोली हुने तेस्रो क्वाटर फाइनल खेलमा किरात र भद्रपुर क्रिकेट क्लव र चौथो क्वाटर फाइनल खेलमा डि.सि.टि. ब्लु र पठाओ युनाइटेड इलेभेन क्रिकेट टिम बिच हुने छ । खुल्ला सुपर १५ क्रिकेट प्रतियोगितामा विजेता हुने टिमले नगद रु.५०,०००।– धनराशी साथै मेडल ट्रफी पाउने छन् भने उप विजेता टिमले रु.३०,०००।– धनराशी, मेडल र ट्रफी पाउने छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार