खेलकुद
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

दमक नगरपालिकाले प्रथम बाह्रदशी अध्यक्ष कपको उपाधि उचाल्यो

झापा, २२ माघ । झापाको बाह्रदशीमा जारी प्रथम बाह्रदशी अध्यक्ष कप आमन्त्रित कोशी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले उचालेको छ। विजेता दमक नगरपालिकाले नगद एक लाख २१ हजार २२१ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

Advertisement

फाइनल खेलमा दमक नगरपालिकाले बिर्तामोड नगरपालिकालाई २५-२१, २३-२५, २५-१६, २५-१६ को सेटमा पराजित गर्दै उपाधि जितेको हो। उपविजेता बनेको बिर्तामोड नगरपालिकाले नगद ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।

Advertisement

फाइनल खेलका म्यान अफ द म्याच दमकका खेलाडी सुमन रानामगर घोषित भए। उनले ट्रफी र सम्मानपत्र प्राप्त गरे। सेमिफाइनल खेलबाट बाहिरिएका लेटाङ्ग नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिका टोलीहरूले नगद १०-१० हजार रुपैयाँ प्राप्त गरेका छन्।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी टिम दमकका प्रदिप कट्टेल घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे। अन्य विधागत उत्कृष्ट खेलाडीहरूमा बेस्ट लिफ्टर दमकका मुस्कान लिम्बू, बेस्ट स्पाइकर बिर्तामोडका लिला डाँगी, सर्वोत्कृष्ट ब्लकर दमकका जेनिस क्षेत्री, उदयमान खेलाडी आयोजक टिमका बिक्रम मर्णी, र सर्वोत्कृष्ट डिफेन्स दमकका भुवन क्षेत्री घोषित भए। प्रत्येक विधागत उत्कृष्ट खेलाडीले जनही नगद २५०० रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे।

सेमिफाइनल खेलमा दमक नगरपालिकाले पाथीभरा याङ्वरकलाई पराजित गरेको थियो भने बिर्तामोड नगरपालिकाले लेटाङ्ग नगरपालिकालाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो। प्रतियोगिता झापाको बाह्रदशी गाउँपालिका परिसरमा सम्पन्न भएको थियो। ✍ मनोज तिवारी (दर्पण)

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article