काठमाडौँ/ निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको सुरक्षाबाट बाहिरिएका छन्।
भदौ २४ गते भएको जनअधिकार–जेनजी आन्दोलन हिंसात्मक बनेपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै बालुवाटार छोडेका थिए। त्यसयता उनी शिवपुरीमा सेनाको सुरक्षामा बस्दै आएका थिए।
सुरक्षा स्रोतका अनुसार, ओली हाल गुण्डु क्षेत्रमा बस्दै आएका छन्। आन्दोलनका क्रममा बालकोटस्थित उनका निवासमा आगजनी भएको थियो।
ओली सेनाको सुरक्षाबाट बाहिरिएका भए पनि पार्टीले यसबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन। यसअघि पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र झलनाथ खनाल समेत सुरक्षाबाट बाहिरिसकेका छन्।
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने सुरक्षा घेरामा उपचाररत छन्। आन्दोलनका क्रममा उनीमाथि हातपातसमेत भएको थियो।

















