समाचार
जनक राजवंशी २ घण्टा अगाडि

सिग्मा अंग्रेजी विद्यालयमा सर्पदंश सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

​झापा। सिग्मा अंग्रेजी विद्यालयमा एकदिने सर्पदंश सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटीको ६६औँ स्थापना दिवसको अवसर पारेर जुनियर रेडक्रस सर्कल सिग्माको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा विद्यालयको कक्षा १० मा अध्ययनरत ३० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।

Advertisement

​कन्काई सर्पदंश उपचार केन्द्रका सर्पदंश विशेषज्ञ अभिषेक पोखरेलले सहजीकरण गर्नुभएको उक्त अभिमुखीकरणमा विद्यार्थीहरूलाई सर्पका प्रकार, विषालु सर्पले टोक्दा देखिने लक्षण, प्राथमिक उपचार तथा रोकथामका उपायहरूबारे विस्तृत जानकारी गराइएको थियो।

Advertisement

​कार्यक्रमबारे जानकारी दिँदै विद्यालयका निमित्त प्रधानाध्यापक नेत्रप्रसाद लुइटेलले यस्ता चेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा सर्पदंश सम्बन्धी व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने बताउनुभयो। सर्पले टोकेको अवस्थामा कसरी उद्धार गर्ने र बिरामीलाई समयमै अस्पताल पुर्‍याउन कस्तो भूमिका खेल्नुपर्छ भन्ने विषयमा विद्यार्थीहरूले महत्त्वपूर्ण ज्ञान हासिल गरेकाले कार्यक्रम अत्यन्तै फलदायी रहेको उहाँको भनाइ थियो।

Advertisement

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article