हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

कांग्रेस वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको एकल उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वरिष्ठ उपसभापति पदमा नेता विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ। मंगलबार भएको मनोनयन दर्तामा सो पदमा शर्माको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

Advertisement

​काठमाडौँमा जारी महाधिवेशनअन्तर्गत मंगलबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो। तोकिएको समयभित्र वरिष्ठ उपसभापतिमा अन्य कसैको पनि आवेदन नपरेपछि शर्मा निर्विरोध बन्ने पक्का भएको हो। यद्यपि, निर्वाचन समितिले उम्मेदवारी फिर्ता र दाबी-विरोधको प्रक्रिया पूरा भएपछि मात्रै यसको औपचारिक घोषणा गर्नेछ।

Advertisement

​कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आगामी बिहीबार बिहानदेखि मतदान हुने कार्यतालिका रहेको छ। महाधिवेशनस्थलमा अन्य पदहरूका लागि भने उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ। 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)