समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

हल्दीबारीका मनकुमार पेस्तोल सहित पक्राउ

झापा, कात्तिक २ । झापाको भद्रपुरबाट प्रहरीले अवैध कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

​पक्राउ पर्नेमा झापाको हल्दीबारी गाउँपालिका–५ घर भई हाल भद्रपुर नगरपालिका–६ स्थित ‘साजन होटल’ (खाजा नास्ता) सञ्चालन गर्दै आएका ४४ वर्षीय मनकुमार लिम्बू रहेका छन्।

​जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले गोप्‍य सूचनाका आधारमा कात्तिक १ गते साँझ करिब ६ बजे लिम्बूको डेरामा छापा मारेको थियो। खानतलासीका क्रममा उनले सुत्ने ओछ्यान (बेड) मुनि लुकाइछिपाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल फेला परेपछि बरामद गरिएको प्रहरीले जनाएको छ।

​पेस्तोलसहित नियन्त्रणमा लिइएका लिम्बूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)