हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

 ब्रोडलाई ‘अनुपयुक्त भाषा’ बोलेको भन्दै जरिवाना !

हेमन्त मैनाली  – हल्दिबरी झापा  / इंग्ल्याण्डका तीव्रगतिका बलर स्टुवार्ट ब्रोडलाई जरिवाना गरिएको छ। पाकिस्तानविरुद्धको पहिलो टेस्टमा ‘अनुपयुक्त भाषा’ बोलेको भन्दै जरिवानागरिएको होआइसीसी अम्पाएर प्यानलमा रहेका उनका बाबु क्रिस ब्रोडले अपराधको जरिवाना लगाएका थिए र ब्रोडले यो अपराध स्वीकार गरेका हुन्।

Advertisement

जरिवाना अनुसार ब्रोडको १५ प्रतिशत म्याच फी कटौती हुनेछ।पहिलो टेस्ट अन्तर्गत शनिबार ब्रोडले पाकिस्तानी लेग स्पिनर यासिर शाहलाई आउट गर्दा अनुपयुक्त भाषा बोलेका थिए।यस्तै ब्रोडलाई एक डिमेरिट अंक दिइएको छ जुन २ वर्षसम्म कामय रहनेछ। यदि कुनै खेलाडीले २ वर्षभित्र ४ वा ४ भन्दा बढी डिमेरिट अंक पाए खेलाडी सस्पेन्ड हुनेछन्।

Advertisement

ओल्ड ट्राफोर्डमा भएको पहिलो टेस्टमा इंग्ल्यान्ड ३ विकेटले विजयी भएको थियो। तीन खेलको सिरिजमा इंग्ल्यान्ड १–० ले अघि छ। यी दुई देशबीचको दोस्रा टेष्ट साउथह्याम्प्टनको रोज बाउल स्टेडियममा अहिले जारी छ

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)