झापा । झापाको कमल गाउँपालिका वडा नम्बर ७ मा घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ। बाह्रदशी गाउँपालिका स्थायी घर भई विगत डेढ वर्षदेखि कमल-७ स्थित ठुलो बाह्रघरे पशुपति टोलमा मामा राजकुमार ताजपुरियाको घरमा बस्दै आएका २५ वर्षीय युस राजवंशीको दुर्घटनामा परी ज्यान गएको हो।

आज बेलुका ४:३० बजेको समयमा मामाघरको पक्की एकतले घरको सिँढीबाट लडेर राजवंशी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि निजका मामाले दमकस्थित निम्स अस्पताल पुर्‍याएका थिए। तर, अस्पतालमा चिकित्सकले चेकजाँच गर्ने क्रममा साँझ ५:४० बजे उनलाई मृत घोषणा गरेका थिए। मृतक विजय राजवंशीका छोरा हुन्।

हाल मृतकको शवलाई दमक अस्पतालमा राखिएको छ। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा सोको (SOCO) सहितको विशेष टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार