हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

कर्मचारीले घुस लिने गरेको भन्दै तलबमानमा वृद्धि गर्न सकिए भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने: अख्तियार

काठमाडौँ । राष्ट्रसेवक कर्मचारीको तलबमान कम भएको कारण भ्रष्टाचार बढेको भन्दै कर्मचारीको तलब वृद्धि गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई सुझाव दिएको छ ।

Advertisement

सोमबार आयोगले पत्रकार भेटघाट गर्दै आर्थिक वर्ष २०७५र७६ को वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल गर्दै राष्ट्रसेवक कर्मचारीको तलबमान कम हुँदा भ्रष्टाचार नियन्त्रणमा कठिनाइ भएको बताएको हो ।

Advertisement

नेपाल सरकारलाई ८१ वटा सुझाव दिँदै आयोगले राष्ट्रसेवक कर्मचारीको तलबमानमा पुनरावलोकन गर्न सुझाव दिएको हो ।महङ्गी र खर्चभन्दा आम्दानी कम भएको कारण राष्ट्रसेवक कर्मचारीले घुस रिसवत लिने गरेको भन्दै तलबमानमा वृद्धि गर्न सकिए भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने अख्तियारको दाबी छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)