प्यूठान, असार १३– प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सडक दुर्घटनामा परी निधन भएको छ ।
शनिबार स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडक खण्डमा नगरपालिकाको गुडिरहेको जिप दुर्घटना हुँदा उपप्रमुख राना मगरको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको सरकारी बोलेरो पिकअप जिप अनियन्त्रित भई सडकबाट झन्डै ५ सय मिटर तल खसेको थियो । अनुगमनका लागि निस्किएका उपप्रमुख राना मगर आफैंले जिप चलाइरहेका बेला उक्त दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1







