विर्तामोड । झापाको विर्तामोडमा प्रहरीले ठूलो परिमाणमा भन्सार छली ल्याइएका अवैध कपडाहरू बरामद गरेको छ। विर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित कटहरबारी सडक खण्डको छेउमा बेवारिसे अवस्थामा छाडिएको कपडा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

​विशेष सूचनाका आधारमा प्रहरी टोलीले जेठ ११ गते सोमबार दिउँसो करिब २ बजेको समयमा ती सामग्री बरामद गरेको हो। बरामद गरिएका सामग्रीहरूमा एक हजार थान सेतो सेन्डो भेष्ट, ३२४ थान पेन्टी, ७१ थान बक्सर हापेन्ट, ३७ थान एडिडास हापेन्ट, ३६ थान कटन पेन्ट, २९ थान सादा हापेन्ट, २७ थान साडी, १४ थान जिन्स पेन्ट, ११ थान सर्ट र ६ थान धारी हापेन्ट रहेका छन्।

​बरामद गरिएका सम्पूर्ण कपडाहरूको बजार मूल्य अन्दाजी २ लाख ५९ हजार ९ सय रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ। फेला परेका सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाउने तयारी भइरहेको र यस सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार