हल्दिबारी । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलबाट प्रहरीले नियन्त्रणमा लिएको १५ ग्रामभन्दा बढी खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

​पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२५ असन चोक बस्ने ४० वर्षीय अजय चित्रकार र वडा नं. २३ ओमबहाल टोलका ३७ वर्षीय सुशील मानन्धर रहेका छन् ।

​विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध ब्युरो इकाई काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार (जेठ १० गते) दिउँसो साढे ३ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ सिटी रिक्सामा आउँदै गरेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा चित्रकारको साथबाट प्लाष्टिकसहित १५ ग्राम १०० मिलिग्राम र प्लाष्टिकबाहेक १२ ग्राम ४२० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लिसैलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

​लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार