​झापा — झापा गाउँपालिकाले आर्थिक प्रशासन शाखा प्रमुख (लेखा अधिकृत) लक्ष्मी खतिवडासहित आफ्ना उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरेको छ । गाउँपालिकामा आयोजित एक विशेष समारोहका बीच खतिवडालाई ‘वर्ष सर्वोत्कृष्ट कर्मचारी’ घोषित गर्दै सम्मान गरिएको हो ।

​त्यस्तै गाउँपालिकाले वर्ष उत्कृष्ट कर्मचारीहरूको विधामा क्रमशः आन्तरिक लेखा परीक्षण अधिकृत जीवन खतिवडा, शिक्षा अधिकृत अम्बिका गौतम, सिनियर अनमी कविता बस्नेत, कार्यालय सहयोगी हरिबहादुर पौडेल र नकुल राजवंशीलाई पनि सम्मान गरेको छ ।

​सोही कार्यक्रममा गाउँपालिकामा अधिकृत छैटौँ तहबाट अवकाश पाउनुभएका रामजी अधिकारी, श्री त्रिभुवन आधारभूत विद्यालयबाट अवकाश प्राप्त विद्यालय कर्मचारी अमृत प्रसाद बासकोटा र श्री भृकुटी आधारभूत विद्यालयबाट अवकाश प्राप्त विद्यालय कर्मचारी जीवलाल अधिकारीलाई कदरपत्रसहित बिदाइ तथा सम्मान गरिएको थियो ।

​यसैगरी गाउँपालिकाले शैक्षिक क्षेत्रतर्फ प्रोत्साहन गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) मा उत्कृष्ट जीपीए प्राप्त गर्ने छात्रछात्राहरूका साथै माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरूलाई पनि नगदसहित सम्मान गरेको छ । गाउँपालिकाको विकास र सेवा प्रवाहमा पुर्‍याएको योगदान तथा शैक्षिक सुधारको कदर गर्दै उनीहरूलाई पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार