हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धको प्रतिमा

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने पर्यटकले अब आउनेबित्तिकै बुद्धको जन्मभूमिमा स्वागत पाउने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई ‘बुटिक एयरपोर्ट’ बनाउने अवधारणाअनुरूप साजसज्जा र स्वरूप परिवर्तन गर्ने क्रममा स्थापना गरिएको बुद्धको प्रतिमासँगै बुद्धको देश नेपालमा स्वागत गरिएका शब्द पाउने भएका छन्।

Advertisement

विमानस्थलको आवागमन कक्षसँगै निर्माण गरिएको बुद्धको प्रतिमाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अनावरण गरे। करिब एक टन वजनको बुद्धको प्रतिमाको लागत ७० लाख रहेको र यसमा झन्डै २४ लाख रुपियाँ मूल्यको सुनको जलप लगाइएको छ।

Advertisement

उक्त बुद्धको प्रतिमा पाटनका कालिगड अमिर शाक्यले बनाएको हो। ‘वेलकम टु दी ल्यान्ड अफ लर्ड बुद्ध’ लेखिएको बुद्धको प्रतिमा अनावरण गर्दै पर्यटनमन्त्री भट्टराईले बुद्धको प्रतिमाले विदेशी पर्यटकलाई विमानस्थलमा ओर्लेपछि बुद्धको देशमा प्रवेश गरेर आनन्दको महसुस गराउने बताए।

यात्रुको आवागनमा सहजै देखिने गरी बुद्धको प्रतिमा स्थापना गर्ने भन्ने योजना बनेअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको आगमन कक्ष सामुन्ने स्थापित गरेको र यसले छुट्टै आनन्दको महसुस गराउने उनले बताए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)