बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
झापाको विर्तामोडमा भएको सभामा उत्कृष्ट सम्मान तथा पुरस्कृत, म्यागेजिन विमोचन लगायत कार्यक्रमका साथ सम्पन्न गरिएको हो ।
कार्यक्रममा पत्रकार महासंघ झापा शाखामा आबद्ध रहेर १२१ पटक रक्तदान गर्ने उत्कृष्ट रक्तदाता पत्रकार नेत्रविक्रम विमली, कार्य समितिका पूर्व सदस्य रञ्जित परियार र लैङ्गिक समावेशी पत्रकारिता पुरस्कारबाट हिमशिखर टेलिभिजनकी समचार संयोजक गृष्मा सापकोटालाई नगद सहित पुरस्कृत गरिएको थियो ।
सभामा सहभागी अधिकांश वत्ताले सरकारी सूचना तथा विज्ञापन नीतिप्रति असन्तुष्टि जनाएका छन् ।
महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षता तथा महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न सभामा वक्ताहरूले सरकारको पछिल्लो कदमले स्थानीय सञ्चारमाध्यमलाई धारासायी बनाउने प्रपञ्च रहेको धारणा राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि आचार्यले सरकारी सञ्चारमाध्यमलाई मात्र एकलौटी रूपमा सूचना विज्ञापन प्रवाह गर्ने प्रवृत्तिको विरोध गर्दै त्यसलाई सच्याउन सरकारलाई आग्रह गरे ।
आचार्यले आम नागरिकको आवाज बोक्ने आम सञ्चार जगतलाई बन्देज गरेर सरकारको धारणा मात्र बाहिर ल्याउने सरकारी सञ्चारमाध्यममा सूचना विज्ञापन सिमित गर्ने कार्य लोकतन्त्रमाथि गर्न खोजिएको निषेधका रूपमा हेर्नु पर्ने अवस्था आएको प्रष्ट पारेका थिए ।
उपाध्यक्ष सुव्रत न्यौपानेले स्वगत गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्का, महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, झापा शाखाका पूर्व सभापति कृष्ण हुमागाई, महासंघ मोरङ अध्यक्ष शुशिला पाठक, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रेस युनियन झापाका सभापति गिरिराज भट्टराई, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर झापा अध्यक्ष पुष्प खड्का लगायतले शुभकामना मन्तव्य राख्दै लोकतान्त्रिक विधि र प्रकृयाबाट आएको सरकारले सो विधि र प्रकृया विपरित गतिविधि गरे समयले प्रतिवाद गर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार