काठमाडौँ—।आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ देशभरबाट ३ हजार ४२४ जना उम्मेदवार दर्ता भएका छन्।

निर्वाचन आयोगका अनुसार यसपटक समानुपातिकतर्फ ६४ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन्। ती दलहरूले जम्मा ५८ वटा निर्वाचन चिन्ह प्रयोग गर्ने भएका छन्।

आयोगले जनाएअनुसार ५४ वटा दलले आ–आफ्नै छुट्टाछुट्टै निर्वाचन चिन्ह प्रयोग गरेका छन् भने १० वटा दलले चार वटा साझा निर्वाचन चिन्ह प्रयोग गर्ने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार