अल जजिराका अनुसार इराकमा एक विदेशी पत्रकारको अपहरण गरिएको छ। इराकको गृह मन्त्रालयले मंगलबार यसको पुष्टि गरेको हो, तर पत्रकारको पहिचान सार्वजनिक गरिएको छैन।
मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार बगदादमा “अज्ञात व्यक्तिहरू”ले उक्त पत्रकारलाई अपहरण गरेका हुन्। इराकी समाचार एजेन्सीका अनुसार सुरक्षाकर्मीहरूले अपहरणकारीहरूको खोजी गर्ने क्रममा एक संदिग्धलाई पक्राउ गरेका छन् र अपहरणमा प्रयोग गरिएको सवारीसाधन पनि बरामद गरेका छन्।
मन्त्रालयले अपहरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको र पत्रकारको सकुशल रिहाइका लागि प्रयास भइरहेको जनाएको छ।
यस घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1















