समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

डिल्लीबजार कारागारबाट फरार कैदी झापामा पक्राउ

दमक, झापा । काठमाडौँको डिल्लीबजार कारागारबाट फरार भएका एक कैदीलाई सात महिनापछि झापाबाट प्रहरीले पक्राउ गरेको छ। लागुऔषध कसुरमा सजाय भुक्तान गरिरहेका झापाको दमक नगरपालिका वडा नं. ८ निवासी ३४ वर्षीय संन्जोग भट्टराईलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको हो।

​गत २०८२ साल भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा सिर्जना भएको असहज परिस्थितिको फाइदा उठाउँदै भट्टराई कारागारबाट फरार भएका थिए। लामो समयदेखि खोजीको सूचीमा रहेका उनलाई लुकिछिपी बसिरहेको अवस्थामा मंगलबार बेलुकी करिब ५ बजे दमक-७ स्थित पशुहाट क्षेत्रबाट फेला पारिएको हो।

विज्ञापन (Advertisement)Advertisement

​पक्राउ परेका भट्टराईलाई हाल थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। प्रहरीका अनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि उनलाई बाँकी कैद भुक्तानका लागि पुनः सम्बन्धित कारागारमा पठाइने तयारी भइरहेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)