• राजु बराल
    बस्ती निदाउन नपाउदै
    साहुनीको भट्टीमा
    हिब्स्की र बियर घुटकियाएर
    लिलाम , बिक्रीको लागि
    उनको डाक बढाबढ भै रहेछ
    राता , काला र सेता पोशाकमा सजिएर
    डाक बढाबढमा खेलाडीहरु दौडीरहेछन
    उनको कलिलो जवानीमा
    आफ्नो पुरुशार्थ देखाउन
    उनीहरु उनलाई जिन्स र डिस्कोको लोभ देखाइरहेछन
    कृस्णको गोपिनी गाथाको भजन सुनाइरहेछन
    माक्सको दर्शन र हिटलरको कथा दोहोर्याइ रहेछन
    फगत उनको डाक बढाबढ भै रहेछ
    तर मेची किनार मुकदर्शक बनी रहेछ
    हिउँदयाम भरि फोहोरको कन्टेनर बोकेर
    बर्सातको बाढीमा त्यसलाई हुइक्याउनु
    उसको बार्शिकी बनी रहेछ
    दिनभरी निदाएर राती ब्युझनु
    उसको नियती बनी रहेछ
    न त उ हिउँदको फोहोरलाई रोक्न सक्छ
    न त उ बर्सातको बाढीलाइ छेक्न सक्छ
    केवल सुनेर पनि बहिरो बन्नु
    र देखेर पनि दृस्टीबिहिन बन्नु
    उसको दिनचर्या भै रहेछ
    कति पटक बलात्कृत भएर गुहार माग्दा
    उसको छातीमा बर्सेको लाठीको घाउ
    आज पनि आलै छ
    न त उसको घाउ झाक्रीले चिन्यो
    न त डाक्टरले चिन्यो
    मात्र उसको घाउ
    डाक्टरको प्रयोगशाला बन्यो
    त्त्यसैले आज उ स्तब्ध छ
    डाक बढाबढको लागि
    उनको लिलामी हुन लाग्दा पनि
    कन्चनजङ्घा , सगरमाथा मुस्काएकोमा
    उसलाई घृणा लाग्छ
    किन भने
    खित्का छोडेर त्तरुनी झै
    अब हिमालहरु हास्नु हुदैन
    गीत गाएर अब डाफेहरु नाच्नु हुदैन
    नत्र बाढीले बस्ती बगाउन सक्छ
    खेल डाक बढाबढको फेरी हुनसक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार