✍️ नारायण बस्नेत

हावाका कुराहरू सुनेर
पातहरू हल्लिए

रूखले मलाई सोध्यो – कुरा के हो ?
मैले भने – मलाई के थाहा हावाका कुरा ?

रूख म संग रिसायो
म रूख संग रिसाए

युगौँ युग भयो
रूख म संग बोल्दैन
म पनि रूख संग बोल्दिन

तर पनि
हावा चलिरहेकै छ
पातहरू हल्लिरहेकै छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2

+1
1

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार