१६ चैत, विराटनगर। स्थानीय पर्पल हेज होटलको सभाकक्षमा नेपाल स्वयंसेवी रक्तदाता समाजको कोशी प्रदेश कार्यसमिति गठनका लागि एक भेला सम्पन्न भएको छ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मोरङ जिल्ला शाखाका सचिव विजय खतिवडाको सभापतित्व रहेको थियो।

भेलाले १०६ पटक रक्तदान गरिसकेका स्वयंसेवी रक्तदाता हरिमोहन श्रेष्ठको अध्यक्षतामा कोशी प्रदेश कार्यसमिति गठनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन ५ सदस्यीय तदर्थ समिति गठन गरेको छ। समितिमा सन्तनु रेग्मी, विनायक पन्त, कुशेश्वर राजवंशी र वेदप्रसाद संग्रौला सदस्य रहेका छन्।

कार्यक्रममा बोल्दै अध्यक्ष कर्माचार्यले निःशुल्क दान गरिएको रगत बिरामीले गुणस्तरीय परीक्षणपछि सहज र निःशुल्क पाउनु नैसर्गिक अधिकार भएको बताए। उनले रक्त व्यवस्थापनमा भइरहेको कमजोरीका कारण बिरामीहरूले सास्ती भोग्नु परिरहेको उल्लेख गर्दै सुधार आवश्यक रहेको धारणा व्यक्त गरे।

भेलामा नवनियुक्त अध्यक्ष हरिमोहन श्रेष्ठ, दुर्लभ समूहका ६९ पटक रक्तदाता विनायक पन्त, ५४ पटक रक्तदाता वेदप्रसाद संग्रौला लगायतले आफ्ना अनुभव साझा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार