हल्दीबारी। झापाको हल्दिवारी गाउँपालिका वडा नं २ मा टिपर र अटो रिक्सा आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।

हिजो साँझ करिब ५ः५० बजे हल्दिवारी–२ स्थित रामलाल चोकमा शम्भु चोकबाट पाराखोपीतर्फ जाँदै गरेको ४ख ४८८१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मे १ ह ६७८९ नम्बरको अटो रिक्सालाई ठक्कर दिएको हो।

दुर्घटनामा अटो चालक हल्दिवारी–४ निवासी ३८ वर्षीय रंगलाल ताजपुरिया, उनकी श्रीमती ३५ वर्षीया बबिता राजवंशी, सोही स्थानकी ६० वर्षीया सीतादेवी सोरेन र २५ वर्षीया सुनिता तोलाङ्गी घाइते भएका छन्।

घाइते सबैको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न टिपर चालक इलाम नगरपालिका–१० निवासी २५ वर्षीय सुजन रम्तेल रहेको र टिपरलाई प्रहरी चौकी हल्दिवारीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार