हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

भारतीय फिल्म आदिपुरुषबाट ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटे महानगरभित्र हिन्दी चलचित्र चल्न नदिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ मा राखिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाए महानगरभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने घोषणा गरेका छन् ।

Advertisement

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै मेयर बालेनले चलचित्रमा समावेश उक्त शब्द नेपालमा मात्र नभई भारतमा पनि सच्चिनुपर्ने अडान लिएका छन् ।

Advertisement

उनले यी शब्द सच्याउनका लागि तीन दिनको समय दिइएको समेत घोषणा गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।’’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)