हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मेची नगरमा सशस्त्र काण्ड : इन्स्पेक्टर राई सहित तीनजना निलम्बन

हल्दिबारी । झापाको मेची नगरमा सशस्त्र प्रहरीबीच भएको कुटपिटको घटनामा संलग्न सशस्त्र प्रहरी निरीक्षकसहित तीन जना निलम्बित भएका छन्। घटनामा संलग्न सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) नमप्रभाव राईसहित तीन जनालाई निलम्बन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिएकाछन् ।

Advertisement

इन्स्पेक्टर राई र जवानहरू रामसुन्दर तामाङ र जीवन बाँस्तोला निलम्बनमा परेका हुन् । इन्स्पेक्टर राईलाई गृह मन्त्रालय र जवानहरू तामाङ र बाँस्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीले निलम्बन गरेको हो। ‘इन्स्पेक्टरलाई हेडक्वार्टरको सिफारिसमा गृह मन्त्रालयले र अरूलाई सम्बन्धित बाहिनीले निलम्बन गरेको प्रवक्ता खड्काले जानकारी दिएकाछन् ।

Advertisement

घटना छानबिनका लागि मुख्यालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। त्यस्तै राई कार्यरत बराह बाहिनीले एसपी विक्रम हुमागाईंको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । झापाको मेचीनगर सीमा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवल्दारलाई इन्स्पेक्टर राईसहितले निर्घात कुटपिट गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)