हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

झापा गाउँपालिका र मिसियो जर्मनीको आर्थिक सहयोगमा स्थानीयलाई गाई र बाख्रा

झापा गाउँपालिका तथा मिसियो जर्मनीको आर्थिक सहयोगमा झापा गाउँपालिका वडा नम्बर २,३,६ र ७ का १२ जना स्थानीयले गाई,बाख्रा,किराना सामाग्री लगायतका बस्तु तथा सामाग्री पाएका छन् ।

Advertisement

कारितास नेपालद्वारा यस गाउँपालिकाको वडा नम्बर २,३,६ र ७ मा संचालित “सुरक्षित वैदेशीक रोजगारको प्रवर्धन तथा मानव बेचबिखन रोकथाम” परियोजनाले युवा स्वरोजगाररउद्यमशीलता विकास कार्यक्रम अन्तर्गत न्यून आर्थिक अबस्था भएका,बैदेशिक रोजगारबाट असफल भइ फर्किएका तथा वैदेशिक रोजगारको नाममा ठगी अथवा बेचबिखनमा परि पुनस् नेपाल फर्किन सफल हुनुभएका र व्यवसाय गर्न इच्छुक नागरिकहरुको लागी व्यवसाय संचालनार्थ बस्तु तथा सामाग्री प्रदान गरेको हो ।

Advertisement

कारितास नेपालले जारी गरेको सुचनामा निवेदन परेका १२ जना छनौटमा परि उनीहरुले व्यवसाय संचालनार्थ बस्तु तथा सामाग्री पाएका छन् ।बिहिबार एक कार्यक्रमको आयोजना गरी सो सामाग्री हस्तान्तरण गरिएको थियो ।झापा २ ,३ र ६ का मुन्सी हास्दा ,नन्दलाल गणेश,तेजबहादुर मगर र मनमाया पाठकले ५० हजार मूल्य बराबरको गाई पाएका छन् ।त्यस्तै झापा ३ का माइनो हास्दाले बाख्रा पाएका छन् ।झापा(२ का मनोज शर्माले ठेला पसल संचालनका लागी सामग्री पाएका छन् ।झापा २,६ र ७ का दुर्गा बहादुर श्रेष्ठ,रेनुका तामाङ्ग र कान्दान वास्कीले किराना पसल संचालनका लागी आवाश्यक आधारभूत सामाग्री पाएका छन् ।झापा(३ का मलाइसिंह गणेशले साइकल रिपैरिंग गर्न चाहिने आवश्यक सामाग्री पाएका छन् ।झापा ७ का चन्द्रप्रसाद भुजेलले कृषिमा प्रयोग हुने आवश्यक उपकरण पाएका छन् ।झापा ७ रमेश पौडेलले इलेक्ट्रोनिक्स सामाग्री पाएका छन् ।

कारितास नेपालले यहाँका ४१ जनालाई जुनियर इलेक्ट्रीसन,व्याग बनाउने तालिम ,एसिस्टेन्ट व्युटिसियन,कफि बनाउने र साधारण कुकको तालिम समेत दिइरहेको छ ।कारितास नेपालले झापा गाउँपालिकामा ३ वर्ष काम गर्ने कारितासका बरिष्ठ सामाजिक परिचालक विवेक सिवाकोटीले बताए।”यो कार्यक्रम अहिले झापाका २,३,६ र ७ मा संचालन छ,बाँकी वडा १,४ र ५ मा पनि चाडै संचालन हुनेछ” उनले भने ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)