हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीका बलराम गिरी अनेरास्ववियु झापाको अध्यक्षमा निर्वाचित

हल्दिबारी ।  हल्दिबारीका बलराम गिरी अनेरास्ववियु झापाकाे अध्यक्षमा निर्वाचित भएका छन् । गएराति सम्पन्न मतगणनाबाट ३५० मत ल्याई अध्यक्षमा गिरी निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी नारायण पोखरेलले २३० मत पाएका छन् । गिरी अनेरास्ववियु  झापाकाे अध्यक्षमा निर्वाचनबाट निर्वाचित हुने पहिलाे ब्यक्ती हुन् ।

Advertisement

गत जेठ २९ गते शुरु भएको २१ औं जिल्ला अधिवेशनमा सहमति नभएपछि हिजो निर्वाचन भएको थियो । यस्तै, उपाध्यक्षमा अरुण तिम्सिना सर्वसम्मत भएका छन् । सचिवमा बालचन्द्र कार्की निर्वाचित भएका छन् भने सहसचिवहरुमा मदन ओली, विनिता न्यौपाने र पुजा सुवेदी निर्वाचित भएका छन् ।

Advertisement

कोषाध्यक्षमा सलिना गुरुङ सर्वसम्मत भएकी छन् । सदस्यहरु पनि सर्वसम्मत भएको जनाइएको छ । अनेरास्ववियु झापाको कार्यसमिति ५१ जनाको गठन हुने भएको छ । अधिवेशनमा करिव साढे ७ सय मतदाता रहेकोमा ५८८ मत खसेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)