हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कचनकवलमा ४९८ जनाको सर्पदंश उपचार

झापाको कचनकवल गाउँपालिकामा २ बर्षमा ४९८ जना लाई सर्पले टोकेको उपचार गरिएको  छ । २०७८ असार ३ गतेबाट शुरु गरिएको सर्पदंश उपचार केन्द्रले २०८० असार ३ गतेसम्म २६ बिषालु सर्पले टोकेका बिरामी सहित ४९८ जनाले उपचार गरिएको गाउँ स्वास्थ्य शाखाका प्रमुख जागेस्वर प्रसाद यादवले बताउनु भएको छ ।

Advertisement
प्रमुख यादवका  अनुसार ७ जना भारतबाट उपचार गर्न ल्याइएका समेतलाई निशुल्क उपचार गरिएको छ । सर्पदंश उपचारमा काम गरिरहेका दुई जना स्वास्थ कर्मीहरुलाई दोस्रो बार्षिक उत्सवको अवसरमा संमान समेत गरिएको छ ।
सर्पदंशमा कार्यरत स्वास्थकर्मी हृदय नारायण शाह र महमत नवाज नुरीलाई  गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई , प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव , स्वास्थ शाखा प्रमुख जागेस्वर प्रसाद यादव लागायतले उनीहरुलाई संमान गर्नु भएको थियोे ।

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)