[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

हल्दीबारी :  बैशाख २१ । हल्दीबारीका पुरुष  सहित आज झापामा १६१ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेहरुमा बिर्तामोडका १८ महिला , २० पुरुष ,  मेचीनगरका ७ महिला , १० पुरुष , दमकका ४ महिला , १३ पुरुष , गौरादहका ६ महिला , ६ पुरुष , कनकाईका ३ महिला , ८ पुरुष ,भद्रपुरका १७ महिला , २० पुरुष ,   अर्जुनधाराका ४ महिला , २ पुरुष ,  बुद्धशान्ति र शिवसताक्षीका २–२ महिला र १–१ पुरुष , बाह्रदशीका १ महिला , १ पुरुष , गौरीगञ्जका १ पुरुष कमलका ६ महिला , २ पुरुष ,हल्दीबारीका ६ पुरुष र ठेगाना नखुलेका १ पुरुष रहेका छन् ।

योसँगै दोस्रो लहरमा नयाँ भेरियन्ट भएका संक्रमितको सँख्या ७४१ पुगेको छ । अहिलेसम्म कूल ५ हजार ४२२ जना संक्रमित भएका छन् । त्यसमध्ये ४ हजार ५४५ जना डिस्चार्ज भएका छन् ।

हल्दिवारी गाउँपालिकामा मात्र संक्रमण हुनेको संख्या २६ पुगेको छ । परिक्षणको आधारमा हेर्ने हो भने संक्रमितको संख्या ३० प्रतिशत भन्दा माथि हो ।

[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार