[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

झापामा बुधवार कोभिड-१९ नयाँ भेरियन्टको संक्रमणबाट ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले पुष्टि गरेको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरका ७० बर्षिय पुरुष , मेचीनगरकि ५८ वर्षीया महिला, , दमकका ५६ वर्षीय पुरुष, दमककै ६९ वर्षीय पुरुष, बिर्तामोडकि ७३ वर्षीय महिला र कनकाईका ४८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यसैगरी १७८ जनामा कोरोना भाइरस संक्रमण बुधबार पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार ७९ महिलासहित १७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्ठि भएको छ ।

दमकमा ९ महिलासहित ३२ जना, बिर्तामोडमा १९ महिलासहित ४१ जना, गौरादहमा २ महिलासहित ६ जना, मेचीनगरमा ५ महिलासहित १० जना, भद्रपुरमा १९ महिलासहित ३४ जना, कनकाईमा ४ महिलासहित १४ जना, हल्दीबारीमा १ महिलासहित २ जना, अर्जुनधारामा ४ महिलासहित ९ जना, बुद्वशान्तिमा १ महिलासहित ३ जना, कचनकवलमा १ महिलासहित ३ जना, कमलमा ४ महिलासहित ९ जना, शिवसताक्षीमा २ महिलासहित ३ जना, झापामा २ महिलासहित ५ जना र ठेगाना नखुलेका ६ महिलासहित ७ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

झापामा संक्रमितको संख्या ५६००, आइसोलेसनमा ८९८ जना, कुल संक्रमित एन्टिजेन १३८ जना र मृत्यु हुनेको संख्या १४२ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_d1e7"]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार