पूर्व क्षितिजमा सूर्य
उदय भन्दा पहिले,
मानवका पदचिह्नहरू
त्यस्का निशानहरूमा,
फक्रिन्छन सहज नै
नैतिकताका फूलहरू,
सुनिन्छ मनमन्दिरमा
टुङ्ग टुङ्ग बज्दै गरेको,
त्यो पितलको घंटी पनि
अति नै धेरै चोट खाएर,
आवाजका तरंगहरु पनि
भयभीत अनी त्रसीत छन,
आक्रान्तमय छ चाह्रै दिशा
कोलाहल अनी स्तब्ध छ,
इतिहास नयांँ रच्ने अरे!
धेरै आए विराङ्गनाहरु,
अनी महावीरहरू पनि
तर!
कसैले हल्लाउन सम्म सकेनन्
आज सम्म नैतिकताको स्तम्भ,
हल्लावोस पनि त कसरी
जो आफ्नै अस्तित्वमा छ,
अडिग र निश्चल बिलकुल
श्वेत हिम सगरमाथा झैँ,
न कसैले उचाल्न सक्छ
न त कोहि भत्काउन सक्छ,
हो ! नैतिक बल त्यही नै हो
प्रतिक भन्दा अत्युक्ति न होला,
त्यसैले त!
पूर्व क्षितिजमा सुर्य
उदय भन्दा पहिले,
मानवका पदचिन्हहरु
त्यसका निशानहरूमा,
फक्रिन्छन सहज नै
नैतिकताका फूलहरू।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
+1
+1
+1
+1