हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दीबारीले लगायाे भारतबाट ल्याइएका माछा बिक्री वितरणमा राेक

हल्दिबारी, ४ असार । हल्दिबारी गाउँपालिकाले आसार १० गते आइतबार देखी भारतबाट आयादित मरेका माछा बेचविखनमा रोक लगाउने भएको छ ।
गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनका अनुसार कार्यपालिकाको वैठकले हल्दिबारी गाउँपालिका भित्र रहेका सवै हाटबजारमा ”फॉर्मेलिन” विषादी औषधी प्रयोग गरि भारतबाट ल्याइएका माछालाई प्रतिवन्ध गर्ने निर्णय गरीएको हो ।

Advertisement

हल्दिबारीको बाचा झापा भरि माछा भन्ने गाउँपालिकाको नारालाई सार्थक बनाउँदै जन्तालाई स्वास्थ्य, ताजा माछा प्रयोग गर्नको लागि भारतबाट ल्याइने मरेका माछाको बिक्रि वितरण लाई रोक लगाउने निर्णय सहित स्थानिय प्रहरीलाई परिपत्र गरिएको अध्यक्ष लिङ्देनले बताउनु भएको छ ।
हल्दिबारीका माछा किसानहरु संग सहकार्य गरि यहाँका माछा उपभोक्ताहरुलाई ताजा माछा खुवाउँन ब्यवस्था मिलाउने समेत अध्यक्ष लिङ्देनले बताउनु भयो । उहाँका अनुसार सरकारले प्रतिवन्ध गरेको मागुर माछा समेत बजारमा बिक्रि वितरण भएकोले त्यसलाई समेत बेचविखनको लागि गाउँपालिकाले रोक लगाउने भएको छ ।

Advertisement

स्थानिय प्रहरी प्रसाशन र जनप्रतिनिधि मार्फत माछा ब्यवसायीलाई जानकारी दिने काम गरिएको र कसैले पालिकाको निर्णयलाई अवज्ञा गरि बेच बिखन गरेको पाईएमा माछा जफत गरि ब्यवसायिलाई कडा कार्यवाही गरिने समेत गाउँपालिकाले जनाएको छ ।

हल्दिबारी गाउँपालिकामा मात्र भारतबाट आयादित फॉर्मेलिन मिसाइएका कुहिएको माछा अनुमानित बार्षिक दुई करोड पचाँस लाखको बिक्रि हुने अनुमान गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)