हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीमा नवौं अन्तराष्ट्रिय योग दिवस मनाइयाे

हल्दिबारी, ६ असार । पांतञ्जल योग समिति हल्दिबारीको आयोजनामा नवौं अन्तराष्ट्रिय योग दिवसकाे अवसरमा एक दिवसिय गोष्टीको आयोजना गरि मनाइएको छ । योग समिति हल्दिबारीका सभापति मिलन विश्वकर्माको अध्यक्षता तथा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Advertisement

कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि लिङ्देनले योग आफ्नै स्वास्थ्यको लागि भएको उल्लेख गर्दै हल्दिबारी गाउँपालिका भित्र योग शिक्षालाई महत्वको साथ अगाडी बढाउने बताउनु भएको छ ।

Advertisement

हल्दिबारी गाउँपालिकाका विद्यालयहरुमा सुरु गरिएको योग शिक्षालाई हाल बन्द गरिएता पनि आगामि दिनमा योग्य योग शिक्षक सहित संचालन गरिने समेत कार्यक्रममा लिङ्देनले बताउनु भयो ।

हल्दिबारी ४ को वडा कार्यालयको प्रङ्गणमा भएको एक दिवसिय गोष्ठीमा वडा अध्यक्ष सन्त कुमार थापा पांतञ्जल योग समिति नेपाल प्रदेश अध्यक्ष केशव ताम्रकार, जिल्ला सभापति श्याम लुवागुन, स्वास्थ्य चौकी जलथलका माधव प्रसाद यादव, स्थानिय समासेवी पुण्यकुमारी लामिछाने, योगश कार्की, अभिसेक दाहाल लगायतले मन्तव्य राख्नु भएको थियो । उक्त अवसरमा याेग सम्वन्धि नारा लगाउँदै स्थानिय विधालयका विधार्थी सहित बडाबारी बजार परिक्रमा गरिएकाे थियाे ।

अन्तराष्ट्रिय योग दिवस तथा पांतञ्जल योग समितिको औचित्य माथि वडा सचिव तथा पांतञ्जल जिल्ला सदस्य जय प्रसाद पोखरेलले प्रकाश पार्नु भएको कार्यक्रममा स्वागत संस्थाकी उपाध्यक्ष इन्दिरा कोइरालाको रहेको थियो भने कार्यक्रमको सहजिकरण संस्थाका सचिव होमनाथ अधिकारीको रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)