हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कविता : “पूर्णिमाको प्रकाशपुंज”

कबिता : “पूर्णिमाको प्रकाशपुंज”

Advertisement

तिमी लाई भेटदा लाग्यो मलाई
पूर्णिमाको प्रकाशपुन्ज नै भेटेँ,

Advertisement

मेरा नयनहरू मा समाहित भयौ
अनि असिमित प्रज्वल्यमान भएँ,

अंकमालको सीमारेखा भित्र पनि
त्यो अंधकारमय रातको अनुभूति,

मरूभूमि मा झर्न लागेको जुन झैँ
एक्लै चन्द्रमा ताराहरू अनि तिमी,

ताराहरूको भिडमा नि टिलपिल
त्यही प्रकाश उज्ज्वल पुन्जप्रभा,

कति सोभायमान देखिन्थ्यौ तिमी
कुनै क्षण चन्द्रमा झैं पनि हुन्थ्यौ,

अनि कुनै क्षण त चन्द्रप्रभा जस्तै
उदास रातको एक्लोपनको पलमा,

झुल्किन्थ्यौ पुनम पूर्णमासी रातमा
साँच्चै ! यो रात रहोस या नरहोस ,

चन्द्रमा तिमी र यो शुष्क मरूभूमि
अनि यो उदासीन रातको नैराश्यता,

शीतल बालुवाका रुग्ण पिण्डहरू
चुपचाप रुंँदै सिसकदै गरेको देख्दा,

अतीतमा कसैको सम्झना भैरहेको
अविस्मरणीय मानसका छबिहरू,

रोमान्चीत गराई रहेछ जीवन भरी
अर्थपूर्ण चन्द्रकला सरी यो जीवन,

कहिले हर्षान्वित गराई रहन्छ मन
अनि कहिले विस्मित गराउँछ तन,

तथापि हरेक क्षण अनि पलहरू
मेरा हृदयमा कोमल ढंगले समेटें,

तिमी लाई भेटदा लाग्यो मलाई
पूर्णिमाको प्रकाशपुन्ज नै भेटेँ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)