कविता : “यात्री”
म व्यथित यात्री हुँ !
न लक्ष्य छ नत छ ठेगाना,
केवल हिँडनु छ मलाई
बौलाहा भन्छ सारा जमाना,
एउटा बाटो रुक्यो भने
अर्को आएर जोडीयो,
म फर्के संगै बाटो पनि मोडीयो
तिनै मोडमा सम्झनाहरु छोडियो,
झुक्दैनन् नजरहरु एक पल पनि
बतासको पखेटामा छ निसाना,
म व्यथित यात्री हुँ !
न लक्ष्य छ नत छ ठेगाना,
दिनले हात समातेर यहाँ बसायो
रातले ईसारा बाट उता बोलायो,
असमन्जस मैं रहे मेरा कदमहरु
संगीन भए मनका उत्कण्ठाहरू,
आलाप गर्दछु स्वयं आफू संग नै
तर! प्रात संध्या नै भएँ म विराना,
म व्यथित यात्री हुँ!
न लक्ष्य छ नत छ ठेगाना ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
+1
+1
+1
+1