हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कविता : “यात्री”

कविता : “यात्री”

Advertisement

म व्यथित यात्री हुँ !
न लक्ष्य छ नत छ ठेगाना,

Advertisement

केवल हिँडनु छ मलाई
बौलाहा भन्छ सारा जमाना,

एउटा बाटो रुक्यो भने
अर्को आएर जोडीयो,

म फर्के संगै बाटो पनि मोडीयो
तिनै मोडमा सम्झनाहरु छोडियो,

झुक्दैनन् नजरहरु एक पल पनि
बतासको पखेटामा छ निसाना,

म व्यथित यात्री हुँ !
न लक्ष्य छ नत छ ठेगाना,

दिनले हात समातेर यहाँ बसायो
रातले ईसारा बाट उता बोलायो,

असमन्जस मैं रहे मेरा कदमहरु
संगीन भए मनका उत्कण्ठाहरू,

आलाप गर्दछु स्वयं आफू संग नै
तर! प्रात संध्या नै भएँ म विराना,

म व्यथित यात्री हुँ!
न लक्ष्य छ नत छ ठेगाना ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)