कबिता: “शमशानको मित्र”
तिमी त मित्र हौ शमशानको
तिमी स्थुल हौ अभिमानको,
जीवनको रंगमंचमा प्रस्तुत
अभिनय थियो स्वाभिमानको,
ललक त मनमा एउटै थियो
बर्षौं सम्म बलेको त्यो दियो,
भरोसाको तेल र बाती दिएँ
त्यो पनि अकस्मात नै निभ्यो,
मनमा एक अभिलाषा थियो
अविश्वासले दिशा मोड़ लियो,
तर ! म खोज्दै हिँडदै थिएँ
गोरेटोहरूमा नैँ अल्झि रहें,
झुटा बन्यौ ऐ धरती तिमी
झुटा भयौ ऐ वृहत आकाश !
गुँन्ज त्वरित भो मधुर गानको
तिमी त मित्र हौ शमशानको,
खेलाई रहन्थ्यें मन्का कुराहरू
दिन होस वा आधी रात होस,
कहिले पद्चापको शब्द सुनुँ?
म जागेर बस्दथ्येँ आतुर भई,
मेरो रक्तकमल वनमा सदैव
कुनै काल पुण्य प्रभात होस,
यदि कृपा भए शक्तिमानको
तिमी त मित्र हौ शमशानको।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
+1
+1
+1
+1