झापाको दक्षिणी भेगमा अवस्थित हल्दीबारी गाउँपालिकाले विश्वभर तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस (COVID-19) को संक्रमण रोकथामका लागि हल्दीबारी-२ स्थित नयाँ स्वास्थ्य चौकी भवनमा २५ बेडको क्वारेन्टाइन निर्माण गरेको छ ।

हल्दिवारी गाउँ पालिका प्रवक्ता सागर पोर्तेलका अनुसार आवश्यक परे केही दिनमा नै सय भेड सम्म्को क्वारेन्टाइन बनाउन गाउँ पालिका तयारी अवस्थामा रहेको छ।

गत सोमबार कतार एयरलाइन्सबाट नेपाल आएकी १ जना नेपाली युवतिमा कोरोना संक्रमण देखिए पछि नेपाल सरकारले चैत-११ गतेदेखि चैत-१८ गतेसम्म पुरै देश लकडाउन गर्ने निर्णय गरि सबै स्थानीय तहहरुलाई सम्भावित जोखिमको पूर्व तयारीका लागि क्वारेन्टाइन निर्माण गर्न निर्देशन गरे संगै हल्दीबारीमा क्वारेन्टाइन निर्माण कार्य तीव्र बनाइएको थियोे ।

हिजोबाट सुरु भएको निर्माण कार्य आज सम्पन्न भएको छ । हल्दीबारी गाउँपालिका वडा न.२ स्थित भखरै निर्माण सम्पन्न भई हस्तान्तरण हुन बाँकी रहेको स्वास्थ्य चौकी भवनमा क्वारेन्टाइन निर्माण गरिएको छ ।

आवश्यक पूर्वाधार तयार भई नसकेको उक्त भवनमा आवतजावतका लागि सडक निर्माण, खानेपानी व्यवस्थापन, विजुलीको व्यवस्थापन, विरामीका लागि बेडको व्यवस्थापन र सरसफाई समेत गरि क्वारेन्टाइन निर्माण गरिएको छ । साथै, आवश्यक स्वास्थ्यकर्मी र सामाग्रीहरुको प्रवन्ध पनि गरिएको छ ।

साथै, हल्दीबारी गाउँपालिकाले स्थानीय प्रहरी चौकीहरुसंग समन्वय गरि भारत लगायत अन्य मुलुकबाट वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पहिचान गरि तिनीहरुको स्वास्थ्य अवस्था वुझ्ने कार्य पनि तीव्र बनाएको छ । सो क्रममा संका लागेकाहरुलाई क्वारेन्टाइनमा ल्याएर राखिनेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार