प्रिय मित्र राजेन्द्र।
चित्त कुँडिए पनि
मुख हाँसेकै हाेला,
मन राेएकाे हाेला
म पनि तिमी माथि परेकाे
अप्रत्यासित बिस्वासघातकाे बज्रकाे चाेटले
मेराे पनि मन सुस्ताएकाे छ,
मुटु भारी भए झै लाग्छ,
तिमीसँग भेट भए देखिनै
भावनात्मक चिनारीले नै हाेला ,
अहिलेसम्म त्याे वात्सल्य प्रेमकाे
गाँठाे खुकुलिन सकेन झन कसिलाे भयाे,
तिमीसँग मेची क्याम्पस देखि कसिएकाे असल मित्रताकाे सुर्केनाे गाँठाे
अझ कसिलाे पाे बन्दो रहेछ।
तिमीले क्यम्पस जीवन देखि थालनी गरेकाे
राजनीतिक यात्राका थुप्रै आराेह अवराेहरू
सामाजिक संजालबाट निहालिरहेकाे छु।
तिमी जति काेमल मनका धनी छौ
उति नै दृढ संकल्प र आत्माविस्वासमा चट्टान जस्तै हौ,
तिमीले आफू माथि भएकाे साङ्घातिक आक्रमण हाेस या घर भएकाे भौतिक आक्रमाण किन नहाेस
हाँसाेकाे रससँगै पीर घाेलेर पिउन सक्ने
महासागर जस्ताे फराक मन माथि
फेरि आज वैचारिक बम प्रहार भएकाे देख्दा एउटा साथिकाे मन बिचलित नहुने त कुरै भएन ।
विस्वासघात भन्दा ठुलाे शत्रु
केही छैन मित्र!
तिमीले आफ्नाे जातीय पहिचान भन्दा माथि
राष्ट्रिय पहिचानकाे ऐजेण्डा बाेक्नु
याे धाेकेवाज समाजकाे लागि अपराध भयाे,
सबैलाई आफ्नै ठान्यौ
मनकाे कुरा सबैलाई भन्यौ
आफन्तलाई भन्दा पराईलाई
आफन्त सम्झियौ
आफू लिम्बू भएर बाहुनकाे संस्कार संस्कृति बचाउने सपना बुन्यौ
बाहुनकाे जनै ,टुप्पी र कन्धनी जाेगाउने संकल्प लियौ
तर पनि
त्यहि ब्राहम्ण समूदाय हाे
जुन मेराे पनि जाती हाे,
उसैले तिमीलाई धाेका दियाे
विस्वासघात गर्दै आयाे,
मेराे जातीले,
तिमीले जति अमृत पियाउन खाेजे पनि
बीस ठानेर उपेक्षा गरिरह्याे ,
मुखले चिप्लाे घसेर साथ दियाे
ब्यबहारले कहिल्यै हात दिएन,
के अझै अँगालाेमा बेर्छौ
याे मेराे समूदायलाई?
तिमी जहिलेसम्म विस्वास दिन्छौ नि
तहिलेसम्म मेराे स्वार्थी समूदायलेे
तिमी अभर मात्र दिन्छ
भर कहिल्यै दिदैन।
मित्र! तिमी अलि बढि
भावनात्मक आवेगमा त आएनौ ?
हेर्न र पढ्न भुल्यौ हगी ?
त्याे लाउतिकाे बिकासवादी दर्शन, सामाजिक एकताकाे दृष्टान्तहरु?
बिर्सियौ हगी,
पाँचथरकाे पहिचान र समृद्धिकाे ईतिहास
काेर्ने उहि पद्मसुन्दर लाउतीले
भाेगेकाे नियति?
जसले युगौ देखि शिक्षा झिल्काे नबलेकाे त्याे
पाँचथरकाे कुन कन्धरामा स्कुल खाेल्याे
चेतना दियाे सल्कायाे
बिकासकाे महत्व बुझायाे
लिम्बुलाई पर सारेर
बाहुनलाई काखीमा च्याप्याे,
सयौ बाहुन समूदायलाई जागिरमा
पुग्ने उच्च अवसर दिलायाे ,
आखिर,
ती सबै उसका वैरी भए,
याेगदानलाई अवमुल्यन गर्दै
समान्तकाे बल्ला भिराए
उसकाे ईतिहास कावेलीमा बगाए,
बिकास भन्दा “वाद” प्याराे ठाने र
पाँचथरलाई बर्षौसम्म बिकासकाे काकाकूल बनाए ,
उसले खेनेकाे बाटाेमा
उसकै पुत्ला डढाए
परिवर्तनकाे नारा लगाए।
उसले खाेलेकाे स्कूलमा पढ्याे
चेतना खाेल्याे
संसार चिन्याे तर उसलाई
चिन्ने काेशिस कहिल्यै गरेन ।
तिमी त्यहि लाउतीकाे बिम्ब हौ
तिमी झापा ३ न. लाई चिन्न खाेज्ने तर
आफुलाई बिर्सिने मान्छे हौ,
यहि हाे तिम्राे ठूलाे भुल,
झापाकाे राेल्पा गनिने ३ न. लाई
नेपालकाे नमूना बनायौ
यहि हाे ,
तिमीले गरेकाे जघन्य अपराध पनि।
आफू किरात भएर
हिन्दुका मठ मन्दिर धायौ, बनायौ
यज्ञ, महायज्ञमा आशीर्वाद लियौ
आत्मा र परमात्मा एउटै ठान्यौ,
तर ब्राह्मण काे हुन् चिनेनौ
अर्थात
म र मेराे समूदाय बुझेनौ
तिमीलाई के थहा ?
ब्राह्मणकाे धर्म कहाँ हुन्छ भनेर?
उनीहरुकाे धर्म त केवल
जनै, टुप्पी र धाेतीमा मात्र हुन्छ
मनमा हुँदैन।
तिमीलाई फाेस्राे आस्वासनकाे
आचमन गराए
बिस्वासघातकाे कपटपूर्ण माला
पहिर्याए,
तिमी मख्ख पर्यौ,र मुटुमा तिर हाने
त्यहि समूदाय हाे यार मेराे,
तर पनि तिम्राे र मेराे मित्रता
कपटरहित थियाे, छ र हुनेछ पनि।
मित्र !
तिमी बाहिर खुशी देखाए पनि
भित्र पक्कै सन्तुष्ट छैनौ
मलाई राम्ररी थहा छ
तिम्राे अन्तरमुखी स्वभाव।
केही समय धैर्य गर
धैर्यता के हाे ? पक्कै तिमीलाई
मैले सिकाउनु पर्दैन
बरु उहिले पनि मलाई धैर्य गर भन्थ्यौ।
कुनै दिन,
झापा ३ का बिस्वसघातीकाे छाती
पश्च्यतापले पाेल्नेछ ,
ती धाेकेवाजहरुले
तिम्राे बाटाे कुर्ने छन् र
भन्ने छन
क्षमा गर राजेन्द्र र, भुल गर्यौं
तिमीले निर्माण गरेका
पुल पुलेसा,सडक र ढलहरु
भत्किन थाले पछि मात्र
तिमीलाई चिन्नेछन् र
पश्च्यतापले जल्नेछन्।
समयकाे वेग बुझेर मात्र
तिमीले तिम्राे ईमान्दारिता दृष्टिकन्धक राख्नु ल?
समय ख्याल गर्नु
स्वार्थ र निस्वार्थ चिन्नु
उसकाे प्रबृती चिन्नु
भित्री मनकाे नाङ्लाेमा हाल्नु र निफन्नु, छिन्किनु र चाल्नु
अनि मात्र आत्मीयताकाे बिस्कून हाल्नु।
बस आजलाई यति
भेट भएमा
अरु दुख शुख बाँडौला
मन मुटु जाेडौला
मायाँ प्रिती साटौला ।
उहि तिम्रो हितैसी साथी
राम आचार्य” पुष्पप्रेमी”


















