हल्दिबारी , १२ जेठ । झापाको बुद्धशान्ती गाउँपालिकामा सोमबार राति मुढाबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

​मृत्यु हुनेमा बुद्धशान्ती गाउँपालिका–४ अमर बस्ती बस्ने ६७ वर्षीय खेम बहादुर राना मगर रहेका छन् । आफ्नै घरमा मुढामा बसिरहेको अवस्थामा उनी सोमबार राति ९ बजे अचानक लडेर बेहोस भएका थिए ।

​इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार बेहोस भएका मगरलाई तत्काल उपचारका लागि स्थानीय भागिरथा न्यौपाने बुद्धशान्ती अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले राति ९:५६ बजे उनलाई मृत घोषणा गरेका हुन् ।

​घटनालगत्तै इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी अधिकृतसहितको टोली खटिएर कानुनी प्रक्रिया पूरा गरेको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार