दमक, झापा झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी शिविरमा बस्ने ५४ वर्षीय तुल बहादुर बिष्टको जंगलमा मृत अवस्थामा शव फेला परेको छ। घरबाट घाँस काट्न भनी हिँडेका बिष्ट केही दिनदेखि बेपत्ता थिए।

​गत चैत १९ गते बिहान अन्दाजी १० बजे घर नजिकै रहेको हुम्से दुम्से सामुदायिक वनमा बाख्राका लागि घाँस काट्न भनी निस्किएका बिष्ट त्यसपछि घर फर्किएका थिएनन्। आफन्त र छरछिमेकीले उनको खोजी गर्ने क्रममा आज चैत २३ गते बिहान ९ बजे उक्त सामुदायिक वन क्षेत्रमा उनको शव फेला परेको हो।

​घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा एक अनुसन्धान टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले घटनास्थलको प्रकृति मुचुल्कासहित आवश्यक कानुनी प्रक्रिया पूरा गरी दिउँसो २ बजेर १२ मिनेट जाँदा शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको छ।

​घटनास्थलको अवस्थालाई नियाल्दा बिष्टको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हुनसक्ने बलियो आशंका गरिएको छ। स्थानीयवासी र परिवारजनमा शोकको वातावरण सिर्जना भएको छ भने प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान जारी राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार