समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

मञ्जुश्री ट्रेल रेसको धमाका, काठमाडौंमा १०० माइल्ससम्मको दौड हुने

काठमाडौं– काठमाडौंमा पहिलोपटक मञ्जुश्री ट्रेल रेस आयोजना हुन लागेको छ। यो दौड अप्रिल १७ देखि १९ सम्म चन्द्रगिरीको पातली वन रिसोर्टबाट सुरु भएर काठमाडौं उपत्यकाभरि घुमी फेरि सोही स्थलमा समाप्त हुने आयोजकले जानकारी दिएका छन्।
प्रतियोगितामा १०० माइल्स, ८०, ५०, २० र १० किलोमिटर गरी कुल पाँच स्पर्धा रहनेछन्। आयोजकका अनुसार यो दौड एसियाली ट्रेल मास्टर्स छनोटको रूपमा पनि रहेको छ।
प्रतियोगिता मञ्जुश्रीको धार्मिक र ऐतिहासिक कथासँग सम्बन्धित छ र काठमाडौं उपत्यकाको उत्पत्तिसँग जोडिएको छ। आयोजकले यसको उद्देश्य साहसी र वातावरणमैत्री खेलमार्फत पर्यटन प्रवर्द्धन गर्नु, नेपालको प्राकृतिक सौन्दर्य र ट्रेल दौडलाई विश्वसामु चिनाउनु, स्थानीय धावकलाई सहयोग र सशक्त बनाउनु, स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नु र काठमाडौंको वास्तुकला अवलोकन गराउनु रहेको बताए।
आयोजकको अध्यक्ष नारायण आचार्य, रेस डाइरेक्टर आशिष मिश्र, एम्बेस्डर रसिला तामाङसहित बोर्ड सदस्य जीवन लामा, सासा श्रेष्ठ र दीवकर शाहले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए। आयोजकले भने, “यो केवल प्रतिस्पर्धा मात्र होइन, दिगोपन र सचेतनाको अभियान पनि हो।”

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)