हल्दिबारी ।झापाको दक्षिणी सीमावर्ती क्षेत्र गौरीगञ्जबाट प्रहरीले अवैध रूपमा भित्र्याइएको ठूलो परिमाणको किराना सामान बरामद गरेको छ । भारतबाट भन्सार छली दुईवटा साइकलमा राखेर ल्याउँदै गरिएको ६३ हजार रुपैयाँभन्दा बढी मूल्यको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

​शनिबार बेलुका करिब ५ बजे गौरीगञ्ज गाउँपालिका–६ देविगञ्ज क्षेत्रमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको एलआरपी (LRP) टोलीलाई देखेपछि तस्करहरू सामान र साइकल छाडेर फरार भएका थिए । पक्राउ परेका सामानको बजार मूल्य ६३ हजार ६ सय ३४ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

​प्रहरीका अनुसार बरामद गरिएका सामग्रीहरूमा पान मसला, खाने तेल, सुर्ती र अन्य किराना सामान छन् । जसमा नगिन १०० पिस, शेरा र टाइगर ब्राण्डका खाने तेल, मिश्री १६ पाकेट, अनुप सातु ३५ पिस, रजनीगन्धा र किसान सुर्ती लगायतका सामान रहेका छन् ।

​’प्रहरी टोलीलाई देख्नेबित्तिकै तस्करहरू सामान छाडेर भारततर्फै भागेका थिए,’ इलाका प्रहरी कार्यालय गौरीगञ्ज स्रोतले भन्यो, ‘बरामद सामान र साइकललाई आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइएको छ ।’

​पछिल्लो समय झापाका विभिन्न नाकाबाट तस्करी मौलाएपछि प्रहरीले गस्ती र निगरानीमा कडाइ गरेको छ । बरामद गरिएको सामानलाई भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।फाइल तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार