दमक । झापाको दमक नगरपालिका वडा नं. ५ स्थित लालिगुँरास टोलमा ५ वर्षीया प्यारोन लिम्बुको कानको सुनको रिङ लुटिएकाे घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पुलिसका अनुसार, मिति २०८२।०९।२४ गते अन्दाजी १५:०० बजे सिटी सफारी गाडीमा आएका अभियुक्तहरूले बालिकाको कानमा लगाएको सुनको रिङ नेलकटले काटि लुटेका थिए। पछि फरार भएका अभियुक्तहरूको खोजी गरियो र अर्को दिन, मिति २०८२।०९।२५ गते, दमकबाट खटिएको प्रहरी टोलीले ४ जनालाई पक्राउ गर्न सफल भयो।
पक्राउ गरिएका अभियुक्तहरू: १. संजय माझि (१८ वर्ष) – दमक नगरपालिका वडा नं. ८
२. निश्चल विश्वकर्मा (१८ वर्ष) – दमक नगरपालिका वडा नं. ७
३. मेघराज मेहेत्तर (३८ वर्ष) – दमक नगरपालिका वडा नं. ६
४. रिटन दास (५३ वर्ष) – भारतको कलकत्ता, हाल दमक नगरपालिका वडा नं. ६
प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि दमक इ.प्र. कार्यालय ल्याएर अनुसन्धान गरिरहेको जनाएको छ।


















